काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भेनेजुएलामा संयुक्त राज्य अमेरिकाले हालै गरेका गतिविधिहरूले विश्व शान्ति र अन्तर्राष्ट्रिय स्थिरतामाथि गम्भीर खतरा उत्पन्न भएको बताएको छ ।
अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रको भावना तथा प्रावधानहरूको उल्लंघन गरिनु सार्वभौमिकता तथा भेनेजुएलाका जनताको अधिकारलाई कमजोर पार्ने गतिविधि भनेर टिप्पणी गरेको छ ।
अनेरास्ववियु शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रहरूको सार्वभौम समानता, पारस्परिक सम्मान, समान अधिकार तथा जनताको आत्मनिर्णयको सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मित्रवत सम्बन्धको पक्षधर रहेको बताउँदै साम्राज्यवाद तथा सबै प्रकारका आक्रामक गतिविधिहरूलाई अस्वीकार गर्ने बताएको छ ।
अनेरास्ववियुले भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै बाह्य हस्तक्षेप तथा साम्राज्यवादबिना आफ्नै राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य निर्धारण गर्ने उनीहरूको अधिकारको पूर्ण समर्थनका लागि माग गरेको छ ।








प्रतिक्रिया