काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति एक जना, महामन्त्री एक जना, सहमहामन्त्री एक जना र सहप्रवक्ता एक जना गरी चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।
पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरिएको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुनेगरी पदाधिकारी थपिएको प्रवक्ता मनीष झाले जानकारी दिए ।








प्रतिक्रिया