६ कार्तिक २०८३, शुक्रबार

रास्वपाद्वारा उम्मेदवार छनोटका लागि वाग्लेको नेतृत्वमा समिति गठन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनौटका लागि समिति गठन गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट गर्न उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।

यस्तै पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्‍याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन निर्णय पनि भएको छ ।