काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारीस्वरूप केन्द्रीय सचिवालय बैठक बसिरहेको हो । बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
रवि जेलबाट छुटेपछि यो सचिवालय बैठक बसेको हो । सचिवालय बैठकपछि आजै केन्द्रीय समिति बैठक बस्ने बताइएको छ ।








प्रतिक्रिया