१५ असार २०८३, सोमबार

प्रधानमन्त्री कार्कीका श्रीमान चार दिनेदेखि अस्पतालमा भर्ना

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी स्वास्थ्य समस्याका कारण चार दिनदेखि अस्पतालमा उपचाररत छन्।

पिसाब संक्रमण देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधि चलाइँदै आएको र हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

यसअघि उनलाई प्रोस्टेटसम्बन्धी समस्या देखिए पनि अहिले उक्त समस्या निको भइसकेको प्रधानमन्त्रीका निजी चिकित्सकले बताएका छन्। अस्पतालका अनुसार सुवेदीको स्वास्थ्य अवस्था स्थिर छ।