२२ जेष्ठ २०८३, शुक्रबार

वीरगञ्ज तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

कमला नगरपालिकामा भएको घटनाको विरोधमा मुस्लिम समुदायले टायर बाल्दै प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो। प्रदर्शनकारीले ढुङ्गामुढा तथा छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल अवस्था सामान्य छ। प्रदर्शनकारीले दोषीमाथि कडा कारबाहीको माग गर्दै वीरगञ्जका विभिन्न स्थानमा नाराबाजी गरेका थिए।

धनुषाको कमला नगरपालिका–६ स्थित मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो। सो घटनाअघि सामाजिक सञ्जालमा पोस्ट गरिएको विवादास्पद भिडियोपछि तनाव बढेको प्रहरीले जनाएको छ।