काठमाडौं । त्रिशुली नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।
नुहाउने क्रममा त्रिशूली हाइड्रोपावरका कामदार बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु बेपत्ता भएका हुन् ।
उनीहरू शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
गोताखोर सहितको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।








प्रतिक्रिया