१२ कार्तिक २०८३, बिहिबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति हुन भनिएको छ । मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ ।

रास्वपा, ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो । पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।