२१ असार २०८३, आइतबार

आज दिल्ली जाँदै प्रचण्ड

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् ।

नेकपाको प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भोलि (सोमबार) राखिएको छ ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ ।