६ श्रावण २०८३, बुधबार

झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष ओलीको एकल नाम सर्वसम्मत सिफारिस

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।

आज सम्पन्न नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरूले सर्वसम्मत रुपमा अध्यक्ष ओलीलाई उम्मेदवारका रूपमा अघि सार्ने निष्कर्ष निकालेका छन् ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।