काठमाडौं । नेकपा (एमाले) र प्रगतिशील समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
मुलुकमा देखिएको राजनीतिक अस्थिरता र संकटको अवस्थालाई मध्यनजर गर्दै प्रगतिशील समाजवादी नेकपा (एमाले) मा समाहित हुने भएको हो ।
एकताको सहमतिपत्रमा एमालेका तर्फबाट लिलानाथ श्रेष्ठ र प्रगतिशील समाजवादीको तर्फबाट तुलसीराज गिरीले हस्ताक्षर गरेका हुन् ।
राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रालाई मजबुत बनाउँदै राष्ट्रिय वाम लोकतान्त्रिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यले एकता प्रक्रिया अघि बढाइएको सहमतिपत्रमा उल्लेख छ ।
दुवै दलले साझा नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।









प्रतिक्रिया