काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छविलाल जोशी लगायतलाई धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।
न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।
संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट गरेको हो ।








प्रतिक्रिया