२६ जेष्ठ २०८३, मंगलबार

टोखा वडा नम्बर ५ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ ले बालबालिकासँग सरोकार राख्ने सरोकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने संघ संस्थाहरू, विद्यालयका शिक्षक, महिला स्वयंसेविका, उपभोक्ता समिति, टोल विकास समिति, राजनीतिक दल लगायतसँग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

वडाध्यक्ष मदन गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक डा. देवकी आचार्य र हरिसचन्द्र घिमिरेले प्रशिक्षणसमेत दिएका थिए ।

कार्यक्रममा नेपाल सरकारको निर्णयअनुसार २०८३ भदौ २९ गतेसम्म बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९, बमोजिम वडामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषण प्रक्रियाका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सामूहिक प्रतिवद्वता व्यक्त गर्दै हस्ताक्षरसमेत गरिएको छ ।

यस्तै कार्यक्रममा वडाध्यक्षकै अध्यक्षतामा बाल अधिकार समिति पनि गठन गरिएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव रमिला बुढाले गरेकी थिइन् भने वडा सदस्यअञ्जना बोहराले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा हालसम्म ३३ वटा स्थानीय तह र विभिन्न स्थानीय तहका १५० भदा बढी वडाहरू बालमैत्री घोषणा भएका जानकारी दिइएको थियो ।

तस्वीरहरु-