२५ जेष्ठ २०८३, सोमबार

सरकारलाई आइतबारसम्म माग पुरा गर्न दुर्गा प्रशाईको अल्टिमेटम

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच आइतबार सम्झौता गर्ने सहमति भएको छ । आजको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्म सहमति गरी सोमबार मन्त्रिपरिषद्बाट निर्णय लिने सहमति भएको हो ।

वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे । प्रसाईंले भने, ‘उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौँ ।’

राजसंस्थाको बारेमा जनमत संग्रह न्यूनतम माग भएको उनले दाबी गरे । प्रसाईंले जेन–जीको एउटा पक्षलाई रुवाएर चुनाव सम्भव नभएको पनि दाबी गरे । उनले भने, ‘नक्कली टिमलाई बोकेर चुनाव जान खोजियो भने सम्भव छैन ।’

साथै, उनले सहकारी र लघुवित्त पीडितको घरजग्गा लिलाम नगर्दिन आग्रह गरेको पनि बताएका छन् । घरजग्गा लिलाम गरिए गाउँबाट वित्तिय संस्था लखेट्ने पनि दाबी गरे ।