२३ जेष्ठ २०८३, शनिबार

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् । कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।