१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा मोक्सी होटेल्सको आगमन, यस्ता छन् विशेषता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेरियट बोनवोयअन्तर्गत सञ्चालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौंको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ ।

परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौंको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीका लागि उपयुक्त थलो बनेको छ । नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाडौं राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्गमा अवस्थित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटको दूरीमा भएकाले आधुनिक यात्रुहरूको लागि यो उत्कृष्ट प्रारम्भिक गन्तव्य बन्न पुगेको छ । यहाँ बस्ने अतिथिहरू यूनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा रहेको स्वयम्भूनाथ स्तुप ९मंकी टेम्पल० र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलका चहलपहलयुक्त बजारहरूमा सहजै पुग्न सक्छन् ।

मोक्सी काठमाडौंले अतिथिलाई आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जदेखि लाइभ म्युजिक भेन्युहरूसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउँछ । शताब्दीऔँ पुराना मन्दिरहरूको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाडौंको चलायमान नाइटलाइफमा डुबुल्की मार्न होस्, शहरलाई जिज्ञासा र स्टाइलका साथ अनुभव गर्न चाहनेहरूका लागि यो होटल उपयुक्त आधारबिन्दु बन्न पुगेको छ ।

मोक्सी ब्रान्डको पहिचानअनुसार होटलले स्थानीय डिजाइन, लचिलो सामाजिक स्थल र सम्बन्धहरू निर्माण गर्न सघाउने वातावरणको संयोजनद्वारा परम्परागत बसाइलाई नयाँ रूप दिन्छ । शहरको उत्साही र गतिशील भावनासँग पूर्ण रूपमा मेल खाने मोक्सी काठमाडौंले युवादेखि जवान मन भएका सबैलाई मौलिक र अनपेक्षित शैलीमा काठमाडौंलाई नियाल्न निमन्त्रणा गर्दछ ।

“मोक्सीको साहसिक र रमाइलो भावना परम्परा र आधुनिकता एकसाथ धड्किने काठमाडौं जस्तो शहरका लागि एकदमै उपयुक्त छ । असामान्य तर संस्कृतिको जरासँग जोडिने अनुभवहरूको माग बढ्दै गएको वर्तमान परिवेशमा, मोक्सी काठमाडौंले शहरको गतिसँग मेल खाने युवा जोश र उत्साह भित्र्याएको छ । नेपालमा यो लाइफस्टाइल ब्रान्ड पहिलोपटक ल्याउन पाउँदा हामी गौरवान्वित छौँ । यो नेपालमा पहिलो र दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो । हामी यो क्षेत्रमा हाम्रो पोर्टफोलियो विस्तार गर्दै स्टाइल, जोश र मौलिकता खोज्ने यात्रुहरूलाई आकर्षित गर्न चाहन्छौँ,” किरण एण्डिकट, सिनियर भाइस प्रेसिडेन्ट, दक्षिण एशिया, मेरियट इन्टरनेशनले भने ।

अतिथिहरू ढोकाभित्र छिर्नासाथै मोक्सी बारमा पुग्छन्, र रमाइलो त्यहिँबाट सुरु हुन्छ । यही बार होटलको अनौठो चेक–इन काउन्टर र गतिविधिको केन्द्र पनि हो, जहाँ अतिथिलाई स्वागतस्वरूप हस्तनिर्मित ककटेल प्रदान गरिन्छ । नेपाली संस्कृतिबाट प्रेरित आधुनिक कलाकृतिले सजिएको खुला लबी संवाद र सिर्जनशीलतालाई प्रोत्साहन गर्न डिजाइन गरिएको छ । अतिथिहरूले जोशिलो संगीतको मजा लिन वा सामूहिक स्थानहरूमा बसेर अन्य यात्रुहरूसँग घुलमिल भई सम्झनलायक क्षणहरू बिताउन सक्छन् । अनपेक्षित रमाइलोले भरिएको बसाइ तयार गर्ने प्लेफुल रिक्रिएसन जोनले जीवन्त र सामाजिक वातावरणमा एअर हक्की खेल्न वा पुरानो याद ताजा गर्ने बोर्ड गेम्स खेल्न अतिथिलाई लोभ्याउँछ । यसमा थप रंग भर्छ मोक्सी हुकअपले, जहाँ अतिथिहरूलाई निःशुल्क सरप्राइज ड्रिंक, लोकल खानाका स्वादिष्ट परिकार, विशेष छुट र रमाइला गिफ्टहरू उपहारहरूस्वरूप दिइन्छ । फ्लेक्सिबल स्थानहरू, मनमोहक डिजाइन र बलियो सामुदायिक भावनाको साथमा मोक्सी काठमाडौंले परम्परागत आतिथ्यलाई जीवनशैलीमुखी, पहिचानयुक्त र पूर्ण रूपमा ‘मोक्सी’ शैलीको नयाँ अनुभवले सिंगार्छ ।

यसका १०१ वटा गेस्टरूमहरू कोठाको स्थान अधिकतम रूपमा प्रयोग गर्न सकिने गरी बुद्धिमानी ढङ्गले डिजाइन गरिएका छन् । यसले अतिथिहरूलाई आफ्नो आवश्यकता अनुसार कोठालाई अनुकूल बनाउन पनि मद्दत गर्छ । प्रत्येक कोठामा आराम र उपयोगिताबीच उत्तम सन्तुलन बनाउने स्मार्ट लेआउट छ । यहाँ मुलायम बेड, वाक–इन सावर, ५५ इन्चको स्मार्ट टिभी, साथै मोड्युलर फर्निचर र मोसन–एक्टिभेटेड लाइट, खुला कम्पार्टमेन्ट लेआउट, पेग–वाल जस्ता स्मार्ट फिचरहरू छन् जसले प्रत्येक अतिथिका लागि सहज र डिजाइन–केन्द्रित समाधान उपलब्ध गराउँछन् । स्वस्थ र स्फुर्त रहन चाहने पाहुनाहरूका लागि होटलमा विशेष रूपले डिजाइन गरिएको फिटनेस सेन्टर पनि छ जुन क्विक कार्डियो सेसन र इन्टेन्स वर्कआउट दुवैलाई ध्यानमा राखेर बनाइएको छ ।

मोक्सी काठमाडौंले भोजनलाई साधारण खानेकुरा मात्र होइन, एक उच्चकोटीको अनुभवमा रूपान्तरण गर्छ, जहाँ स्वादले रोमाञ्चित बनाउँछ भने स्थानहरूले प्रेरित गर्छन् । लेभल ११ मा रहेको ला हसिएन्डा बारा वाई कोकिना ल्याटिनाले अतिथिलाई प्रसिद्ध मेक्सिकन सेफ मार्टिन हर्नान्डेज लोपेजद्वारा क्युरेट गरिएको ल्याटिन अमेरिकी स्वादको यात्रामा आमन्त्रण गर्छ । काठमाडौं उपत्यकाको मनमोहक दृश्य हेर्न सकिने जीवन्त वातावरणसहितको यो स्थानले उत्कृष्ट भोजन मात्र होइन, पूर्ण इन्द्रियको अनुभूति प्रदान गर्छ । न्यूयोर्कस्थित मेक्सिकन डिजाइनर पाब्लो कास्टेयानोसद्वारा तयार गरिएको आकर्षक डिजाइन र खुला किचन अवधारणाले यस ठाउँमा स्टोरीटेलिंग र स्टायल दुवैको बलियो तह भरेको छ ।

त्यस्तै, छतमा अवस्थित क्यारियो टेराजा ल्याटिनामा खुला आकाशमुनिको शान्त वातावरणमा बसेर आकाशका तारा र सहरको दृश्यहरू हेर्दै हातले बनाइएका ककटेलहरूको मजा लिन सकिन्छ । यी दुवै स्थलहरू विदेशी पाहुनालाई मात्र होइन, स्वदेशी ग्राहकलाई पनि आकर्षित गर्ने हिसाबले तयार पारिएका छन्, जहाँको रंगीन माहोल, जबरजस्त स्वाद र आकर्षक जोशले यी स्थानहरूलाई लाइफस्टाइल गन्तव्य बनाएका छन् ।

“काठमाडौं एक जीवन्त शहर हो । यो प्राचीन हुँदाहुँदै आधुनिक पनि छ । जीवन्त हुँदाहुँदै आरामदायी पनि छ । सधैं बदलिँदै, अगाडि बढ्दै जाने यसको स्वभाव भएकाले यो शहर मोक्सीका लागि बिल्कुल सुहाउँदो स्थान हो । हामी यहाँ साहसिक, सामाजिक र जीवनका रङ्गहरूले भरिएको यस्तो होटल अनुभव ल्याउँदैछौँ, जहाँ पाहुनाहरू बस्ने मात्र होइन, शहरको ऊर्जा र लयसँग कसिलो गरी जोडिनेछन् । हामी यो सबैलाई वास्तविक स्वरुपमा हेर्न आतुर छौं,” मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापाले भने ।