काठमाडौं । स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३०,००० युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३०,१९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो । यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाप्रति बढिरहेको भरोसा र ब्रान्डको गुणस्तर, विश्वसनीयता र प्रदर्शनप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्कोडा कायलाक हाल स्कोडा इन्डियाको सबैभन्दा महत्वपूर्ण मोडेलमध्ये एक बनिसकेको छ, जसले ब्रान्डको कुल बिक्रीमा ६५ प्रतिशत हिस्सा समेट्छ । यस सफलताले भारतमा कम्प्याक्ट र सब–कम्प्याक्ट एसयूभीप्रतिको माग तीव्र रूपमा बढिरहेको देखाउँछ भने स्कोडाले ग्राहकहरूको शैली, प्रदर्शन र उपयोगीतामाथिको अपेक्षा सफलतापूर्वक पूरा गरिरहेको संकेत गर्दछ । आधुनिक डिजाइन, भरपर्दो प्रदर्शन र मूल्यअनुसारको आकर्षक प्याकेजका कारण कायलाक देशभरका ग्राहकहरूको रोजाईमा परेको छ ।
स्कोडा कायलाकमा १.० लिटर टर्बो पेट्रोल इञ्जिन प्रयोग गरिएको छ, जसले ६–स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्ससँग मिलेर काम गर्छ । यसले ११४ एचपी पावर र १७८ एनएम टर्क प्रदान गर्छ, जसले शहरी एवम् लामो दुरी दुवै ड्राइभमा सहज, शक्तिशाली र आरामदायक अनुभव दिन्छ। प्रदर्शन र माइलेजको सन्तुलन किलाकको मुख्य आकर्षण हो ।
भारतीय बजारमा क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कायलाकका सुविचारित ढंगले डिजाइन गरिएका चार मुख्य भेरियन्टहरू उपलब्ध छन् । प्रत्येक भेरियन्टमा ग्राहकका फरक फरक आवश्यकताहरू पूरा गर्ने गरी विशेषता, आराम, सुरक्षा र सुविधाहरू समेटिएका छन् । साथै, यो एसयुभी ७ आकर्षक रंगहरू ओलिभ गोल्ड, लाभा ब्लू, टोर्नेडो रेड, कार्बन स्टिल, ब्रिलियन्ट सिल्भर, क्यान्डी व्हाइट र डीप पर्ल ब्ल्याकमा उपलब्ध छ, जसले ग्राहकलाई आफ्नो स्टायललाई सुहाउने रङ्ग छनोट गर्न मद्दत गर्छ ।
कायलाकले सकारात्मक प्रतिक्रिया पाउनुको कारण स्कोडाको इनोभेसन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको निरन्तरको प्रतिबद्धता हो । उन्नत इन्जिनियरिङ, आधुनिक डिजाइन र किफायती मूल्यको संयोजन मार्फत स्कोडाले भारतीय अटो बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।
कायलाकको सफलतासँगै स्कोडा इन्डिया भविष्यमा पनि भारतीय ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्न र ब्राण्डको उत्कृष्टता एवम् विश्वसनीयतामा आधारित छविलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यस गतिलाई कायम राख्दै ब्रान्डले कारप्रेमीहरूका लागि आगामी दिनमा अझ धेरै भरोसा, आत्मविश्वास र गर्व गर्न लायक मोडेलहरू बजारमा ल्याउने संकेत दिएको छ ।








प्रतिक्रिया