१३ असार २०८३, शनिबार

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो विषय नभएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् ।

देशको समग्र राजश्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुन सक्ने भन्दै यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको धारणा छ ।

स्वास्थ्य बिमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने र स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको पनि प्रस्ट पारे । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको पनि उनले जानकारी दिए ।

“विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न मिल्दैन । स्वास्थ्य बिमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्छ । तर, राज्यले धान्न नसक्ने संरचना राख्न भने हुँदैन ।”