१३ असार २०८३, शनिबार

एमाले महाधिवेशन : दुई प्रदेश सांसद प्रतिनिधि छनोटमा पराजित

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ मंसिर । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि सुनसरी–१ मा भएका प्रतिनिधि छनोटमा कोसी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भएका छन्।

खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी विजयी बनेका छन्। सुवेदीले ७९६, जयकुमार राईले ७७६ र चौधरीले ६७४ मत पाए। पराजित बस्नेतले ३७६ र राईले ३९१ मत मात्र पाएका थिए।

धरणमा भएको मतदानमा ४५.४५ प्रतिशत सहभागिता रहेको समितिको जानकारी छ। तीन मतदान केन्द्रमा १,७७१ मध्ये ९६६ मतदाता मात्रै मतदानका लागि उपस्थित भएका थिए।