२१ असार २०८३, आइतबार

कस्तो रहला आजको मौसम ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन ।

महाशाखाका अनुसार आज बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।