काठमाडौं, १२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता भएको छ ।
आज सिंहदरबारमा गृहमन्त्री र प्रसाईँबीच वार्ता भएको हो । वार्ताका क्रममा गृहमन्त्री अर्यालले राजनीतिक रूपमा अगाडि बढ्न प्रसाईँलाई आग्रह गरेका थिए ।
हिंसाको बाटो सह्य नहुने र अहिंसात्मक बाटोमा लाग्न गृहमन्त्रीले आग्रह गरेका हुन् ।
यस्तै, गृहमन्त्री र प्रसाईबीच प्रधानमन्त्री सुशिला कार्कीसँग पनि छलफल गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीसँग मंसिर २२ गते वार्ता गर्ने सहमति भएको हो । प्रधानमन्त्रीसँगको वार्तामा प्रसाईँ समूहले राखेका मागका बारेमा छलफल हुने छ ।









प्रतिक्रिया