२७ असार २०८३, शनिबार

करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ भदौ । रौतहटको गौरमा विद्युतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

गौर नगरपालिका–८ स्थित वीरबहादुर साहको नवनिर्मित चारतले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नगरपालिका ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहे पनि उनकै वडा नम्बर ८ मा निर्माण भइसकेका चारतले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको बस्यालले जानकारी दिए ।

यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।