२५ जेष्ठ २०८३, सोमबार

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।