२२ असार २०८३, सोमबार

एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले)ले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभीएफ)को घोषणा गर्दैछ ।

माइतीघर मण्डलामा युवाहरु भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गर्न लागिएको हो ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्यले फोर्स गठन गर्न लागिएको हो ।

आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् । सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरुका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेले महसुस गरेको हो ।

एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने ढकालले बताए ।

एनभीएफमा एक जना कमाण्डर र दुई जना साहायक कमाण्डरको व्यवस्था गरिएको छ ।