१ श्रावण २०८३, शुक्रबार

ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ सुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, २ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगजनी भएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराईस्थित ईवा गाउँको जन्म घरबाट आज ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ औपचारिक रूपमा सुरू गरिएको छ ।

ईवामा आयोजित विशेष समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गरेका हुन् । कार्यक्रममा उनले ओलीको घरबाट सुरू भएको पुनर्निर्माण अभियान अब देशभर विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गरे ।

यस अभियानमार्फत आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू क्रमिक रूपमा पुनःनिर्माण गर्ने, जनस्तरमा राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश फैलाउने तथा युवालाई विकास–निर्माणमा सक्रिय बनाउने उद्देश्य रहेको थेवेले बताए ।

राष्ट्रिय युवा संघका तेह्रथुम जिल्ला अध्यक्ष अनिल नेपालका अनुसार पूर्वप्रधानमन्त्री ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा संघ तेह्रथुमको संयोजनमा पुनर्निर्माण गरिने छ।