
काठमाडौं, २ मंसिर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलाको तीन हजार आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ९० रुपैयाँमा खरिदबिक्री हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया