२६ जेष्ठ २०८३, मंगलबार

नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी गरिएको छ । त्यसनिम्ति आज अनौपचारिक बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेता छलफलमा जुट्न लागेका हुन् । अनौपचारिक बैठक दिउँसो २ बजे पेरिसडाँडामा बस्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकमा सहभागी हुने अरू नेताहरूका बारेमा भने उनले अनभिज्ञता प्रकट गरे । संयोजक प्रचण्डले सोमबार जिम्मेवारी बाँडफाँटको विषय आज टुंग्याइने’ बताएका थिए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १०/११ दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी बनाइएको हो । पार्टीमा संयोजक र सहसंयोजकबाहेकको जिम्मेवारी बाँडफाँट बाँकी छ ।