२२ असार २०८३, सोमबार

विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज आफ्नो दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।

विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जाने भएका हुन् ।

महासचिव विप्लवले चुनाव क्रान्तिकै एक मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउँदै आएका छन् ।

आज दिउँसो साढे १ बजे विप्लव दल दर्ताको प्रमाणपत्र बुझ्न निर्वाचन आयोगको कार्यालय पुग्ने प्रकाण्डले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाव चिन्हको रुपमा गुलाफको फूललाई प्रस्ताव गरेको छ ।