
नेपालगञ्ज, १ मंसिर । बाँकेको राप्ती सोनारी गाउँपालिका–२, अगैयामा आज सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कोहलपुरबाट काठमाडौं जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किएको थियो । दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका–६, बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया