
काठमाडौं, १ मंसिर । राष्ट्रिय युवा संघ नेपाल बागमतीको ‘युवा जागरण अभियान’ आज काठमाडौंमा घोषणा हुने भएको छ ।
कार्यक्रम पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रम युवासम्बन्धी नीतिगत अभिमुखीकरण, नेतृत्व विकास र समाज परिवर्तनमा युवाको भूमिकाबारे केन्द्रित रहने आयोजकले जनाएको छ ।
अभियानमा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा एमाले निकट संगठनका प्रतिनिधिहरूले सहभागिता रहनेछ । कार्यक्रमलाई अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया