२९ आश्विन २०८३, बिहिबार

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ : महावीर पुन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मन्त्री पुनले सोमबार आज सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने बताएका हुन् ।

उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले लेखेका छन्, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’

उनले जेनजीहरुको यो तालले पुनः पुरानै राजनीतिक दल र नेताहरुकै शासन फर्किने टिप्पणी गर्दै जेनजी आन्दोलनको लक्ष्य तुहिने बताएका छन् ।

‘यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ’, उनले लेखेका छन्, ‘जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्याउँछन् ।’