१३ कार्तिक २०८३, शुक्रबार

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ (आज) गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको अब बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको हो । यसअघि शनिबार बस्ने भनिएको बैठक मंसिर १ गतेलाई सारिएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्यसचिव पौडेलले जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ ।

पार्टीको १५ औं महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र विवाद छ ।