
हेटौंडा, ३० कात्तिक । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङ्दल खेलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









प्रतिक्रिया