२६ जेष्ठ २०८३, मंगलबार

शान्ता चौधरीको अचार पसलमा कसले लगायो आगो ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले)की नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी भएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित शुक्रबार उद्घाटन भएको शाखामा आइतबार बिहान आगजनी भएको हो ।

नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् । आगजनीले अचार पसल पूर्णरुपमा नष्ट भएको छ ।

‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कार्वाहीका लागि अनुरोध गर्दछु ।’ चौधरीले फेसबुकमा लेखेकी छन् ।