१८ असार २०८३, बिहिबार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै आठ लाख ५० हजार रुपैयाँ र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै २८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।