
कठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले संसद् पुनस्र्थापना गरी ‘जेनजी’ युवाका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । एमाले आयोजना गरेको प्रदर्शनसहितको सभामा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन जेनजी युवाको माग रहेको भन्दै संसद् पुनस्र्थापना गरी त्यो पूरा गर्नुपर्नेमा जोड दिए ।
उनले जनेजी पुस्ताको आन्दोलनमा घुसपैठ भएकाले नै ठूलो जनधनको क्षति भएको बताए । त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे ।
जेनजी पुस्ताको माग कानुनी राज्यको स्थापना भए सर्वोच्च अदालतमा किन आगो लगाइयो ? भन्दै उनले प्रश्न समेत गरे ।
मोरङको मिक्लाजुङ र रतुवामाईबाट निकालिएको मोटरसाइकल ¥याली जिल्लाका विभिन्न भागको परिक्रमापछि विराटनगर पुगेर महेन्द्रचोकमा सभामा परिणत भएको थियो ।








प्रतिक्रिया