३१ जेष्ठ २०८३, आइतबार

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २९ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ ।

घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ ।

गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।