३२ असार २०८३, बिहिबार

मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २८ कात्तिक । मधेश प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन् ।

सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ ।

सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए ।

लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन् ।