
दाङ, २७ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
‘संसद् पुनर्स्थापना, संविधान संशोधन, जेनजीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो ।’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।’

पत्रकार सम्मेलनमा उनले भने ‘यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ ।’ उनले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाए । दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।
ज्ञवालीले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे ।
‘अहिले संविधान घाइते अवस्थामा छ ।’ उनले भने, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’









प्रतिक्रिया