२९ जेष्ठ २०८३, शुक्रबार

महावीर पुनको प्रश्न– निकोलस भाइको १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडाौं, २७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निकोलस भुसालले सय प्रतिशत हावा कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।

निकोलसले हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने प्रसंगप्रति मन्त्री पुनले यो सय प्रतिशत हावा कुरा भनेका हुन् ।

‘ए ! बल्ल थाहा भयो निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा’ मन्त्री पुनले निकोलसप्रति फेसबुकमा व्यङ्ग्य गरेका छन्, ‘हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ?? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?’