१३ कार्तिक २०८३, शुक्रबार

ज्योति मगरको नजरमा यस्तो थियो जेनजी आन्दोलनभित्रको स्वार्थ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । गायिका ज्योति मगरले जेनजी आन्दोलनप्रति टिप्पणी गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल लेख्दै उनले यो आन्दोलन विभिन्न समूह र व्यक्तिहरूको आफ्नै स्वार्थले भरिएको भएको टिप्पणी गरेकी हुन् ।

ज्योतिले आफ्नो लामो टिप्पणीमा जेनजी आन्दोलनमा संलग्न विभिन्न पक्षहरूको उद्देश्य खुलाउँदै जेनजी टिकटकरहरूले मोबाइलमा उपद्र गरेर पैसा कमाउन, कलाकारहरूले युट्युबबाट डलर आर्जन गर्न र राजनीतिक दलका जेनजीहरूले आफ्नो नेतालाई फाइदा पुर्‍याउन यो आन्दोलनमा सहभागी भएको टिप्पणी गरिन् ।

ज्योतिले रास्वपाका जेनजीले रवि लामिछानेलाई जेलबाट निकाल्न, बालेनका जेनजीले प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेनलाई प्रधानमन्त्री बनाउन र माओवादीका जेनजीले केपी ओलीलाई हटाएर प्रचण्डलाई सत्तामा ल्याउन यो आन्दोलन गरेको उल्लेख गरिन् ।

त्यसैगरी, कांग्रेसका जेनजीहरूले शेरबहादुर देउवालाई हटाएर गगन थापालाई सभापति बनाउन चाहेको उनको भनाइ छ ।

गायिका ज्योतिले बारबरा फाउन्डेसनले सन्दुक रुइतको देवत्वको आडमा देशमा भाँडभैलो मच्चाएर चीनविरुद्ध तिब्बत आजाद गर्न र अमेरिकाको पक्षमा काम गर्न, मधेशका केही जेनजी उमेर समूहले भारतीय प्रभाव बढाउन आन्दोलनको प्रयोग गरेको उनको भनाई छ ।

राजावादीहरूले राजा फर्काउन र हिन्दु राज्य घोषणा गर्नका लागि पनि यो आन्दोलन प्रयोग भएको उनको दाबी छ । तर, ज्योतिले यो आन्दोलनमा केही आम जेनजीहरु रहेको र उनीहरुलाई साँच्चै देशको चिन्ता र शान्तिपूर्ण रूपमा सरकारलाई खबरदार गर्न चाहेको उल्लेख गरेकी छन् ।

‘तर अपवादमा कोइ कोइ चै आम जेनजी थिए जसलाई देशको चिन्ता थियो, बेथितिको विरुद्धमा आवाज बुलन्द गर्नु थियो शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो दुर्भाग्य उनीहरुकै अगाडि निर्दोषहरु ढले, उनीहरुकै अगाडि देश जल्यो’ ज्योतिले लेखेकी छन् ।

गायिका ज्योतिले यी कुराहरु डराइडराइ सार्वजनिक गरेको र कसैले गाली गरे पनि आफूले कमेन्ट नपढ्ने स्पष्ट पारेकी छन् ।

यस्तो छ गायिका ज्योतिको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

जेन्जी आन्दोलन किन भयो ???

1) टिकटकर जेन्जी – मोबाइल मा उपद्र गरेर पैसा कमाउन…

2)कलाकार जेन्जी – युट्युब बाट डलर कमाउन…

3)रा स्व पा का जेन्जी – रबि लामिछाने लाई जेल बाट निकाल्न…

4)बालेन का जेन्जी – प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरि बालेन लाई प्रधानमन्त्री बनाउन,चील मा बस्न र स्वायग वाला एटिट्युड देखाउन…

5)मावबादि का जेन्जी – केपि भगायर प्रचण्ड लाई देश को बाग्डोर दिन…

6)काग्रेस का जेन्जी – देउवा हटायर गगन लाई सभापति बनाउन…

7)बार्बारा फाउन्डेसन का जेन्जी – सन्दुक रुइत को देवत्व को आड मा देश मा भाड भैलो मच्चाइ चीन को विरुद्ध मा गै तिब्बत आजाद गर्न तथा प्रत्येक्ष अप्रत्यक्ष अमेरिका लाई फेबर गर्न…

8)मधेस वारि पारी का जेन्जी – “जय नेपाल”भन्दा “जय हिन्द” भन्न नै सजिलो भयको ले…

9)हुने खाने बर्ग का जेन्जी – नेता का छोरा छोरी को हात को रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफू लाई पनि चाइयकोले..

10)”अन जि ओ” र “आइ एन जि ओ” का जेन्जी – देश मा अस्थिरता कायम गरि मागी खाने भाडो मा डलर आर्जन गर्न…

11) राजाबादी का जेन्जी – राजा फर्काइ “आइस्यो गैस्यो”, “राजा साहेब,बाबू साहेब”, “हुकुम बक्स्यो,कृपा बक्स्यो” वाला सस्कार बर्करार राख्न र हिन्दु राज्य घोषण गर्न…

तर अपबाद मा कोइ कोइ चै आम जेन्जी थिय जसलाइ देश को चिन्ता थियो,बेथिति को विरुद्ध मा आवाज बुलन्द गर्नु थियो शान्तिपुर्ण आन्दोलन गरि सरकार लाई खबरदारी गर्नु थियो दुर्भाग्य उनिहरु कै अगाडि निर्दोष हरु ढले उनिहरु कै अगाडि देश जल्यो…

डराइ डराइ पोष्ट हान्दिय मैले ल… जती गाली गरेनि गर्नु म कमेन्ट पढ्दिन केरे