
काठमाडौं, २४ कात्तिक । लुम्बिनी विकास बैंक लिमिटेडले बैंकसँग स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ ।
शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा बैंकले सम्मान गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया