१ असार २०८३, सोमबार

झुम्का कारागारमा एक कैदीको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २४ कात्तिक । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।

झुम्का कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो ।

सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजायमा जेलमा रहेका थिए ।

अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । तर, अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताललाई उदृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिए ।