
काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले)ले आज ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा गर्दैछ । दिउँसो साढे २ बजे राष्ट्रिय सभागृहमा घोषणा सभा आयोजना गरिएको हो ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित यो अभियान घोषणा गर्न लागेको हो ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनका क्रममा छुटिएर गएकाहरूलाई मूलघर एमालेमा फर्किन आह्वान गरेका थिए ।
अध्यक्ष ओलीको आह्वानपछि रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरू पार्टीमा फर्कन तयार तयार भएका हुन् ।
झाँक्रीले आइतबार सामाजिक सञ्जालमा लेख्दै यो अभियान आफूहरुका लागि भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।
‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूलप्रवाह नेकपा (एमाले)मा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’ झाँक्रीले भनेकी छन् ।









प्रतिक्रिया