२२ जेष्ठ २०८३, शुक्रबार

थामसेर्कु ट्रेकिङको प्रश्न– ६ अर्बमा जग्गा नै किन्न पाइने दरबारमार्गमा त्यति नै भाडा कसले तिर्छ ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । थामसेर्कु ट्रेकिङ प्रालिले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणलाई अनावश्यक विवादित बनाएर भ्रम फैलाइएको भन्दै विस्तृत स्पष्टीकरण दिएको छ ।

थामसेर्कुका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले २०७४ सालमा लिजमा लिएर कम्पनीले बनाएको भवन, लिज रकम, लिज अवधि र क्षेत्रफल लगायतका विषयमा भ्रम सिर्जना गरिएको बताएका हुन् ।

शेर्पाले सबै प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट ३० वर्षका लागि लिजमा प्राप्त भएको जग्गाको लिज रकम बापतको हालसम्म २१ करोडभन्दा बढी रकम नेपाल ट्रष्टको कार्यालयलाई भुक्तानी गरिसकिएको जनाएका छन् ।

कम्पनीले कित्ता नम्बर ४६०६ मा मात्रै भवन निर्माण गरेको र अनधिकृत प्रयोग गरिएको भनिएको कित्ता नम्बर ४६०५ मा कुनै संरचना निर्माण नगरी साबिककै बाटोको रुपमा कायम रहेको स्पष्ट पारेको छ ।

लिज रकम ६ अर्ब रुपैयाँ भनेर गरिएको प्रचारमा पनि सत्यता नरहेको र महालेखा परीक्षकले औंल्याएको भनिएको विषय अख्तियारबाट अनुसन्धान भई निरुपण भइसकेको साथै उच्च अदालत पाटनबाट समेत निरुपण भइसकेको शेर्पाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ– ६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरबारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोग बापत मात्रै ६ अर्ब रुपैयाँ तिर्न कोही मञ्जुर होला ? साथै यस आधारमा हिसाब गर्ने हो भने जग्गाको मात्रै भाडा प्रतिवर्ग फिट प्रतिमहिना १५ सय रुपैयाँ भन्दा बढी पर्न आउने देखिन्छ । के यो आजको स्थितिमा चलन चल्तीको भाडादर हो ?

थामसेर्कुले पछिल्ला क्रियाकलापले कानूनी राज्यको खिल्ली उडाएको र राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने निजी क्षेत्रलाई निरुत्साहित र अपमान गरेको बताएको छ । सीआईबीले सो जग्गा लिज प्रकरणमा अनियमितता भएको आशंकामा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।