
रौतहट, २३ कात्तिक । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।
रौतहट क्षेत्र न. २ का पूर्वसांसद तथा पूर्वमन्त्री आलमको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाले आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।
नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँले जानकारी दिए । उनले नगरप्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आलमको मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।
आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् ।








प्रतिक्रिया