
कञ्चनपुर, २२ कात्तिक । नेकपा (एमाले) कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको जिल्ला कमिटीको सातौं बैठकले धामीको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै पार्टी तर्फबाट सहयोग स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जिल्ला सचिवालयले जनाएको छ ।
बैठकले जिल्लामा सञ्चारकर्मी र सामाजिक क्षेत्रका व्यक्तिहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि पेसागत जिम्मेवारी पूरा गर्ने पत्रकारप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
नेकपा (एमाले) कञ्चनपुरका अनुसार सहयोग रकम चाँडै नै धामी परिवारलाई हस्तान्तरण गरिनेछ । बैठकले पार्टी संगठन विस्तार र जनपरिचालनका विषयमा विभिन्न निर्णय गरेको छ ।









प्रतिक्रिया