६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलन र एमालेको अबको बाटो

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– धर्मराज तिमिल्सीना

भदौ २३ र २४ गते नेपालभर फैलिएको “जेन–जी आन्दोलन” मुख्यतया निम्न दुई कारणले उत्पन्न भएको देखिन्छः पहिलो, नेपाल सरकारद्वारा २६ वटा प्रमुख सामाजिक सञ्जाल (उदाहरणका लागि फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत)लाई दर्ता (सूचीकृत) हुनुपर्ने कानुनी निर्देशन गरिएपछि अनुपालन नभएकोलाई कारण देखाउँदै बन्देज लगाउने प्रक्रिया सुरु गरेको थियो । दोस्रो, त्यसक्रममा देशभर व्यापक भ्रष्टाचार, नातावाद, राजनीतिक दल तथा नेताहरुप्रति असन्तुष्टि, बेरोजगारी एवं सामाजिक अवसरको कमीजस्ता संरचनात्मक मुद्दाहरुले युवा पुस्तामा विद्रोहको सम्भावना जगाएको देखिन्छ ।

युवा पुस्ताको विशेषगरी मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल मिडियामा आधारित अनुभवले उनीहरुमा अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र उत्तरदायित्वप्रति अपेक्षा जगाएको थियो । आन्दोलनले नेपाली समाज, राजनीति र शासन प्रणालीमा गहिरो प्रश्न उठाएको छ । सामाजिक सञ्जाल विशेषगरी डिसकोड, टिकटक र इन्स्टाग्रामबाट सञ्चालन भएको यो आन्दोलन प्रारम्भमा असन्तुष्टि र पारदर्शिताका मागसहित अघि बढे पनि अन्ततः हिंसात्मक रूप धारण गर्दै देशकै संवैधानिक, प्रशासनिक र राजनीतिक स्थायित्वमा ठूलो चुनौती बनेको छ । यो आन्दोलन आकस्मिक थिएन । भदौ २३ र २४ अघि नै डिसकोड सर्भरमा विभिन्न अभियानबाट लामो छलफल भएको थियो ।

केही समूहले नागरिक असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार, र दलहरूको जनदायित्वहीनताप्रति रोष पोख्दै आन्दोलनको तयारी गरेका थिए ।

केही समूहले नागरिक असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार, र दलहरूको जनदायित्वहीनताप्रति रोष पोख्दै आन्दोलनको तयारी गरेका थिए । तर आन्दोलनको नेतृत्व रहस्यमय रह्यो न स्पष्ट संगठन, न जिम्मेवारी, यस अवस्थाले बाह्य घुसपैठ र रणनीतिक उक्साहटको सम्भावना बलियो बनायो ।

आन्दोलनका घटना र हिंसात्मक रूप

शान्तिपूर्ण रूपमा चलिरहेको जेनजीको आन्दोलन ‘संसद् भवन गेटमा पुगेपछि एकाएक झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर केही नागरिकको ज्यान गयो र धेरै घाइते भए ।

आन्दोलन मुख्यतः राजधानी काठमाडौं लगायत मुख्य शहरहरुमा फैलियो । प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च न्यायालय, संसद् भवन, नेताका निजी निवास, उद्योग–व्यवसायका प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड, आगजनी र लुटपाट समेत गरेका घटनाहरु देखिए ।

आन्दोलन मुख्यतः राजधानी काठमाडौं लगायत मुख्य शहरहरुमा फैलियो । प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च न्यायालय, संसद् भवन, नेताका निजी निवास, उद्योग–व्यवसायका प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड, आगजनी र लुटपाट समेत गरेका घटनाहरु देखिए । अघिल्लो दिन परिस्थीति नियन्त्रणमा लिन सुरक्षा निकायले अश्रुग्यास, पानीका फोहोरा, रबरको गोली प्रयोग गरेको र केही अवस्थामा गोली प्रहारसमेत भयो परिणामस्वरूप करिब ७५ जना भन्दा बढीको मृत्यु र सयौं घाइते भए । शान्तिपूर्ण प्रदर्शनका बीचमा अज्ञात घुसपैठकर्ताहरूले आन्दोलनलाई हिंसात्मक बनाइदिए ।

राजधानीदेखि प्रमुख सहरहरूमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, उद्योग व्यवसाय, बैंक तथा नेताहरूका निजी घरहरूमा आक्रमण, आगजनी र लुटपाट भयो। प्रहरी चौकीमाथि आक्रमण, सुरक्षाकर्मीको हत्या र नागरिक क्षतिले आन्दोलनको नैतिक औचित्य हरायो ।

राजधानीदेखि प्रमुख सहरहरूमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, उद्योग व्यवसाय, बैंक तथा नेताहरूका निजी घरहरूमा आक्रमण, आगजनी र लुटपाट भयो। प्रहरी चौकीमाथि आक्रमण, सुरक्षाकर्मीको हत्या र नागरिक क्षतिले आन्दोलनको नैतिक औचित्य हरायो । उद्योग, व्यापार र लगानीमा प्रत्यक्ष नकारात्मक प्रभाव, साना व्यवसाय, रोजगारीमा असर, पुनर्निर्माण र क्षतिपूर्ति खर्च वृद्धि, विदेशी लगानीकर्तामा अनिश्चितता र डर जस्ता कारणले देशको आर्थिक पक्ष कमजोर बनेको देखिन्छ ।

आगजनीले शहरी प्रदूषण र धुवाँ, सार्वजनिक संरचना र हरित क्षेत्रको क्षति, लामो समयसम्म सफाइ नहुदा वातावरणीय पक्षमा समेत असर परेको छ । युवामा राजनीतिक चेतना र सामाजिक जिम्मेवारीको वृद्धि भएको देखिन्छ, पीढीगत विभाजन युवा र परम्परागत नेतृत्वबीच दूरी बढेको पनि देखिन्छ, हिंसात्मक क्रियाकलापले समाजमा असन्तुष्टि र डर, सहिद र घाइतेको पीडा, मानसिक तनाव जस्ता कारणले सामाजिक पक्षमा पनि असर परेको महसुस हुन्छ । एमाले लगायत पुराना राजनीतिक दलहरुको जनविश्वासमा कमी, अध्यक्ष के पी ओलीको नेतृत्वमाथि प्रश्न, दलभित्र सुधार र युवा सहभागिताको माग, नयाँ राजनीतिक स्वरूप र दबाब जस्ता राजनीतिक पक्षमाम परेको असरका कारण केही दलहरूले आन्दोलनको फाइदा उठाउन सक्ने अवसर पनि छ ।

राजनीतिक दल तथा एमालेमाथि असर

यस आन्दोलनले राजनीतिक दलहरू विशेषगरी नेकपा एमाले लगाएत पुराना राजनीतिक दलहरुलाई जन–आस्थाको कठघरामा उभ्याएको छ । विरोधका धडाहरूमध्ये युवा पुस्ताले दल–नेताहरु, पार्टी संरचनाहरु र नेतृत्वप्रति प्रश्न उठाउन थालेका छन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति जनधारणामा मिश्रित अवस्थामा देखिन्छः एकातिर उनी राष्ट्रवादी नेता र स्थिरताका प्रतिकका रूपमा हेरिएका छन्, भने अर्कोतिर केही युवा वर्ग, आन्दोलनका सहभागी तथा विश्लेषकहरुले ‘पुरानो शैली’,‘सहभागिताको अभाव’ र ‘पारदर्शिताको कमी’ भन्ने आरोप लगाएका छन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति जनधारणामा मिश्रित अवस्थामा देखिन्छः एकातिर उनी राष्ट्रवादी नेता र स्थिरताका प्रतिकका रूपमा हेरिएका छन्, भने अर्कोतिर केही युवा वर्ग, आन्दोलनका सहभागी तथा विश्लेषकहरुले ‘पुरानो शैली’,‘सहभागिताको अभाव’ र ‘पारदर्शिताको कमी’ भन्ने आरोप लगाएका छन् । दलभित्र सुधारप्रति दबाब बढेको छ केही युवा पार्टी सदस्य, विद्यार्थी संगठन र आम नागरिकले नयाँ रूपका राजनीति, सहभागी प्रक्रिया तथा उत्तरदायित्वको माग गरिरहेका छन् । ओलीले अहिले पार्टीभित्र आत्मनिरीक्षण र नयाँ पुस्तासँगको संवाद पुनःस्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्ने बेला आएको छ । आन्दोलनको झट्का सहनु परेको सत्तापक्ष प्रत्यक्षरूपमा प्रशासनिक असफलताको आरोपमा पर्‍यो । जनताले राजनीतिक दलहरूलाई समान रूपमा जिम्मेवार ठहर गरे । एमालेमाथि युवाको असन्तोष बुझ्न नसक्ने आरोप पनि लाग्यो । तर, यो आन्दोलनले एमालेलाई नयाँ आत्ममूल्यांकन गर्ने अवसर पनि दिएको छ । किन पार्टीसँग युवा पुस्ताको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गइरहेको छ ? किन पार्टीको सन्देश युवासम्म पुग्न सकेको छैन ? मनन् गर्ने अवसर पनि दिएको छ ।

यो घटनाबाट एमाले लगायत पुराना राजनीतिक दलहरु विशेषगरी सत्ता पक्षको विश्वसनीयता र जनविश्वासमा ठूलो प्रश्न उठ्यो । युवाहरुले “पुरानो राजनीतिमा परिवर्तन चाहियो” भन्ने चेत जागृति देखाएका छन् ।

यो घटनाबाट एमाले लगायत पुराना राजनीतिक दलहरु विशेषगरी सत्ता पक्षको विश्वसनीयता र जनविश्वासमा ठूलो प्रश्न उठ्यो । युवाहरुले “पुरानो राजनीतिमा परिवर्तन चाहियो” भन्ने चेत जागृति देखाएका छन् । एमालेका लागि यो क्षण–आलोचनात्मक मोड हो जहाँ “उत्तरोत्तर जनधारणा घट्ने” सम्भावना देखियो । युवा पुस्ताले नयाँ विकल्प खोज्ने संकेत गरेका छन् । दलभित्र “नयाँ नेतृत्व” तथा “युवापल्ट परिवर्तन”को माग बलियो बनेको छ जुन एमालेका लागि चुनौतीसँगै अवसर पनि हो ।

अध्यक्ष ओलीले निर्वाह गर्नुपर्ने भूमिका

–सङ्गठनात्मक पुनरावलोकन: पार्टीभित्र युवा नेतृत्व, खुला संवाद प्रक्रिया र निर्णयमा सहभागी वृद्धि हुनुपर्छ ।

–पारदर्शिता र जवाफदेहिता: पार्टीका मुख्य निर्णयहरु, स्रोतहरु, भ्रष्टाचार र नातावादविरुद्ध स्पस्ट नीति प्रस्तुत गर्नुपर्नेछ ।

–युवा केन्द्रित एजेन्डा: बेरोजगारी, प्रविधि, उद्यमशीलता, सामाजिक न्याय, आर्थिक अवसरजस्ता विषयमा युवाका विचार समाहित गरेर नयाँ नीतिहरू ल्याउनुपर्छ ।

–जनताको विश्वास पुनर्स्थापना: आन्दोलनमा घाइते र सहिदहरुप्रति संवेदनशील, सहयोगपूर्ण र न्यायसंगत व्यवहार देखाउनु पार्टीको जनकेन्द्रित पहिचानका लागि महत्वपूर्ण हुनेछ ।

पार्टीलाई जनकेन्द्रित र लोकप्रिय बनाउन

–युवा नीतिः बेरोजगारी, शिक्षा, प्रविधि, उद्यम र सामाजिक न्यायका क्षेत्रमा स्पष्ट कार्ययोजना ल्याउनुपर्छ ।

–डिजिटल संवाद र पारदर्शिताः विदेशियका युवाहरु समेत समेट्ने गरी सामाजिक सञ्जाल जस्ता प्लेटफर्ममा आधिकारिक संवाद च्यानल सञ्चालन गरी युवा आवाज सुन्ने परिपाटी सुरु गर्नुपर्छ।

–घटनाको सत्य अन्वेषणः आन्दोलनका सहिद र घाइतेका परिवारलाई न्याय र सहयोगका कार्यक्रम ल्याउनुपर्छ।

–जनता नजिकको संगठनात्मक पुनर्निर्माणः वडा, टोल र विद्यार्थी लगायत जनसंगठनहरूलाई नीतिगत शिक्षण केन्द्र बनाउँदै “सेवामुखी राजनीति” अघि बढाउनुपर्छ र अवसरवादीबाट पार्टीलाइ टाढा राख्न सक्नुपर्छ ।

–भ्रष्टाचारमुक्त आचरणः नेताबाट सुरु हुने आन्तरिक शुद्धीकरण नै जनविश्वास पुनःस्थापना गर्ने मूल सूत्र हो ।

जनतामाझ लोकप्रिय हुन युवा उद्यमशीलता र प्रविधि‌केन्द्रित कार्यक्रम, सामाजिक न्याय र वातावरणीय नीति, घरघर पुग्ने खुला संवाद मञ्च, स्थानीय तहको सशक्तिकरण, भ्रष्टाचार विरुद्ध प्रतिवद्धता, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिवद्धता, सहभागितामूलक नीति निर्माणको प्रतिवद्धता अपरिहार्य देखिन्छ ।

यसका साथै सहिदका परिवार तथा घाइतेपीडितलाई पार्टीका विभिन्न कमिटीले सार्वजनिक रूपमा सम्मान कार्यक्रम गर्ने, पीडितलाई आर्थिक तथा सामाजिक–मानसिक सहयोगको व्यवस्था गर्ने, घटना छानबिन तथा जवाफदेहिताका लागि कारबाही प्रक्रिया पार्टीले प्रस्ताव गर्ने तथा समर्थन गर्ने, पीडितहरुको आवाज सुन्ने संयन्त्र बनाउने, आन्दोलनका अनुभव, पीडा, क्षति पुनरुत्थान लगायतका विषयलाई पार्टी कार्यक्रममा समावेश गर्ने जस्ता कदम एमालेले आफ्नो पक्षबाट उठाउँदा पार्टी अझ जनकेन्द्रित लोकप्रिय बन्ने देखिन्छ ।

युवा पुस्तासँगको दूरी कम गर्नुपर्ने, पारदर्शिता, जवाफदेहिता तथा नेतृत्व शुद्धीकरण गर्नुपर्ने, राजनीतिक प्रतिस्पर्धामा नयाँ दल, नयाँ रूपका आन्दोलनहरु गतिशील भैरहेका जस्ता चुनौतिहरु थपिएका छन् भने युवा पुस्तासँग नयाँ सम्बन्ध स्थापित गर्न समयमै कदम चाल्यो भने पून बलियो राष्ट्रिय शक्ति बनाउने, जनविश्वास पुनःजाग्रित गर्ने, राष्ट्रिय सामाजिक मुद्धा (सामाजिक न्याय, वातावरण, प्रविधि, साझेदारी)मा अगाडि आएर नयाँ इमेज बनाउन सकिने, पार्टी आधुनिकीकरण, प्रतिवद्ध युवा नेतृत्व कार्यकर्ता निर्माण गर्ने, सक्रिय सामाजिक कार्यहरु गर्ने, स्मार्ट पोलिसी फोकस गर्ने, लोकतान्त्रिक आन्तरिक संरचना निर्माण गर्ने जस्ता अवसरहरु पनि उत्तिकै छन् ।

सिकाइ र अबको बाटो

आन्दोलनले निराशा विस्फोट बन्न सक्छ, डिजिटल युगमा आन्दोलन नयाँ स्वरूप लिन सक्छ, नेतृत्व नहुँदा, विभिन्न शक्तिहरुले आन्दोलनलाई मोड्न सक्छन्, आन्दोलन अनियन्त्रित हुन सक्छ, दल–सत्ता प्रणाली युवाको प्रश्न बनेको छ, हिंसात्मक रुपले परिवर्तन सम्भव छैन, विरोध गर्न सकिन्छ, तर सार्वजनिक सम्पत्ति र बल प्रयोग गरेर ‘राजनीतिक सुधार’ लिने मार्ग होइन, राजनीतिक उत्तरदायित्व अनिवार्य आवश्यक छ जस्ता पाठहरु सिकाएको छ ।

आन्दोलनले निराशा विस्फोट बन्न सक्छ, डिजिटल युगमा आन्दोलन नयाँ स्वरूप लिन सक्छ, नेतृत्व नहुँदा, विभिन्न शक्तिहरुले आन्दोलनलाई मोड्न सक्छन्, आन्दोलन अनियन्त्रित हुन सक्छ, दल–सत्ता प्रणाली युवाको प्रश्न बनेको छ, हिंसात्मक रुपले परिवर्तन सम्भव छैन, विरोध गर्न सकिन्छ, तर सार्वजनिक सम्पत्ति र बल प्रयोग गरेर ‘राजनीतिक सुधार’ लिने मार्ग होइन, राजनीतिक उत्तरदायित्व अनिवार्य आवश्यक छ जस्ता पाठहरु सिकाएको छ । आन्दोलनले स्पष्ट पार्‍यो कि कुनै पनि राजनीतिक प्रणाली अथवा दलले युवा पुस्ताको आवाज, डिजिटल अनुभव र सहभागी सक्रियतालाई बेवास्ता गर्दा ठूलो विस्फोटक प्रतिक्रिया पाउन सक्छ ।

आन्दोलनले उठाएका मुद्धाहरु (जस्तै: सामाजिक मिडियाको स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता)को उत्तरदायी प्रक्रिया पार्टी तथा राज्यले अघि बढाउनुपर्छ । टोल टोलबाट सामाजिक साझेदारी मोडल अंगालेर नेकपा एमालेले अब “दल मात्र होइन सेवा सङ्गठन”का रूपमा आफूलाई पुनर्स्थापित गर्नुपर्छ । एमालेले अहिले “सङ्गठित सुधार र मानवीय सहानुभूति” दुवैलाई एकसाथ अघि बढाउनुपर्छ ।

अध्यक्ष केपी ओलीको अनुभव, संगठनको संरचना र जनशक्तिलाई आधुनिक नीतिगत दृष्टिकोणसँग जोड्न सके, एमाले पुनः जनताको मुख्य विकल्प बन्नसक्छ ।

अध्यक्ष केपी ओलीको अनुभव, संगठनको संरचना र जनशक्तिलाई आधुनिक नीतिगत दृष्टिकोणसँग जोड्न सके, एमाले पुनः जनताको मुख्य विकल्प बन्नसक्छ । सहिदका परिवार, घाइते, र आन्दोलनका पीडितप्रति संवेदना र सहयोगका कदम तत्काल लिनुपर्छ । सहिद र घाइतेप्रति समवेदना मात्र होइन व्यवस्थित सहयोग योजनाहरु, आर्थिक तथा सामाजिक पुनर्स्थापना कार्यक्रम ल्याउनुपर्छ यसले जनविश्वास पनि बढाउनेछ । राजनीतिक प्रतिस्पर्धा भन्दा माथि उठेर “राष्ट्रको स्थायित्व, युवाको विश्वास र विकासको यथार्थ कार्यान्वयन”मा केन्द्रित पार्टी नै अबको नेपालको नेतृत्व गर्नेछ ।

अन्ततः, “नयाँ शक्ति–कुशल नेतृत्व–नयाँ संस्कार”को सिद्धान्त अनुरूप पार्टीले आफ्नो भविष्य तय गर्न आवश्यक छ । आन्दोलनका स्वर उठ्नुको कारण के हो ? युवाहरु किन सडकमा आए ? के उनको रोष/माग सम्बोधन भएको छैन ? त्यसको जवाफ दिनुका साथै दलभित्र देखिएका गल्तीहरुलाई स्वीकार्ने र सुधार गर्ने नीति सार्वजनिक गर्ने तथा पार्टी भित्रका पुराना गुट, शक्ति संरचनाहरु पुनरावलोकन गर्नु पनि आवश्यक देखिन्छ ।

निष्कर्ष

जेनजी आन्दोलन केवल असन्तुष्ट युवाको प्रतिक्रियात्मक आन्दोलन थिएन । यो पुरानो राजनीतिक संस्कृतिप्रति विद्रोह पनि हो ।

भदौ २३–२४ का घटनाहरु देशका लागि चेतावनी हुन् । दल, राजनीति, नेतृत्वशैली र सहभागी लोकतन्त्रका बीचमा गहिरो दूरी देखा परेको छ ।

भदौ २३–२४ का घटनाहरु देशका लागि चेतावनी हुन् । दल, राजनीति, नेतृत्वशैली र सहभागी लोकतन्त्रका बीचमा गहिरो दूरी देखा परेको छ । एमालेले यसलाई चुनौती होइन, सुधारको अवसरका रूपमा लिन सके पार्टी मात्र होइन, देशको राजनीतिक दिशा नै रूपान्तरण गर्न सक्छ । एमालेले यदि समयमै यसलाई स्वीकारेर समसामयिक सुधारको बाटो रोज्यो भने नयाँ पुस्तासँगको सम्बन्ध पुनर्स्थापित गरेर पुनर्स्थापनाको अवसर पाउन सक्छ । तर यदि पुरानो पद्दति नै दोहोर्‍याइयो भने– यो विगतकै औजार बन्ने जोखिम छ । यो आन्दोलनले राज्य र दल दुवैलाई स्पष्ट सन्देश दिएको छ, नयाँ पुस्ता अब केवल दर्शक होइन, निर्णायक शक्ति हो । उनीहरूलाई बेवास्ता गर्ने, अवसर नदिने, वा अपमान गर्ने राजनीति अब टिक्दैन ।

युवाको आवाज सुन्ने, समेट्ने र रूपान्तरण गर्ने दल नै आगामी दशकको नेतृत्वकर्ता बन्नेछ भन्ने कुरा जेनजी आन्दोलनबाट सिक्नैपर्छ ।

युवाको आवाज सुन्ने, समेट्ने र रूपान्तरण गर्ने दल नै आगामी दशकको नेतृत्वकर्ता बन्नेछ भन्ने कुरा जेनजी आन्दोलनबाट सिक्नैपर्छ । भदौ २३–२४ मा उठेका जेनजी आन्दोलनले एमालेसहित सम्पूर्ण नेपाली राजनीति तथा समाजलाई एउटा संकेत दिइरहेको छ– समय बदलिरहेको छ, युवा पुस्ताले आवाज उठाउन अब तयार छ, राजनीतिक दलले पनि बदलिनुपर्ने छ । एमालेले यदि आफ्नो इतिहास, स्रोत र नेतृत्वलाई युवा–समयका मागसँग जोड्ने हो भने पुनः जनप्रिय बन्न सक्छ । यसका लागि नेतृत्व, संगठन, नीति र व्यवहारका सबै आयाममा नवपरिवर्तन आवश्यक छ । युवा पुस्ताको यही चेतनाकै बेगले पार्टीको नयाँ बाटो खोल्नेछ । जे होस्, अबको चक्र एमालेका लागि विस्तारको होइन, पुनरावलोकन एवं पुन:निर्माणको हुनुपर्छ ।