११ श्रावण २०८३, सोमबार

‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो : चन्द्र ढकाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले झुटा र भ्रामक प्रचारप्रति सजक रहन आग्रह गरेका हुन् ।

‘कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ,’ ढकालले लेखेका छन् ।

यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको समेत उनले बताएका छन् ।