काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई सेवा प्रयोग गरी नेपालमा रकम पठाउने विराटनगरका अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप बीवाईडी अटो–१ विद्युतीय (ईभी) कार जितेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीको तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले औपचारिक माध्यमबाट पठाएको रेमिटेन्सले देशको अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै हजारौं परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए। उनले आइएमई र टिक्मोले सञ्चालन गरेका यस्ता योजनाले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुका साथै उनीहरूको परिश्रमको सम्मान गर्दै थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको भरोसालाई सुरक्षित र भरपर्दो रेमिटेन्स सेवामार्फत परिवारसम्म पुर्याउन आइएमई निरन्तर प्रतिबद्ध रहेको बताए। उनले डिजिटल रेमिटेन्स सेवाको विस्तारसँगै सेवाग्राहीलाई आकर्षक पुरस्कार योजनामार्फत प्रोत्साहन गर्ने नीति अघि बढाइएको जानकारी दिए।
आइएमई र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ अभियान २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन गरिएको थियो। अभियानको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित, छिटो र औपचारिक डिजिटल माध्यमबाट नेपालमा रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीलाई विभिन्न पुरस्कार उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ।
अभियानको पहिलो चरण (५ जनवरीदेखि ३१ मार्च २०२६) मा १२ जना सेवाग्राहीले आइफोन १७ र दुई जनाले विद्युतीय स्कुटर प्राप्त गरेका थिए। दोस्रो चरण (५ अप्रिलदेखि ३) जुन २०२६० मा प्रत्येक हप्ता पाँच जना सेवाग्राहीलाई १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अभियानअन्तर्गत बम्पर उपहारका रूपमा अभिषेक कालाखेतीले बीवाईडी अटो–१ ईभी कार जितेका हुन्।
यसैबीच, आइएमई र टिक्मोले नयाँ पुरस्कार योजना पनि सार्वजनिक गरेका छन्। १७ साउनदेखि १४ कात्तिक २०८३ सम्म सञ्चालन हुने योजनाअनुसार साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जनाले आफूले पठाएको रकमको दोब्बरसम्म, हरेक महिना दुई जनाले तेब्बरसम्म तथा बम्पर योजनाअन्तर्गत दुई जना भाग्यशाली विजेताले पाँच गुणासम्म रकम बराबरको पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार नयाँ अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई औपचारिक तथा डिजिटल रेमिटेन्स सेवातर्फ थप आकर्षित गर्नुका साथै आइएमई र टिक्मोबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया